उपराष्ट्रपति पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदै

“काठमाडौँ, असोज ३ । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ  । बिहान १० बजे एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु जाने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीदेखि हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले ‘एक क्षेत्र एक मार्ग’(बीआरआई)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

चीनमा रहँदा उनले  चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ ।  सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्ने र भ्रमण सकेर ८ गते स्वदेश फर्किने छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =