मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुुमाउनेको संख्या १९ पुुग्यो, अधिकांस नेपाली रहेको अनुमान

एजेन्सी– मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । थप १४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाउने तथा गम्भीर बिरामी परेका अधिकांस नेपाली रहेको आसंका गरिएको छ।

सोमबार विभिन्न तीन वटा ब्राण्डका रेक्सी खाँदा उनीहरु बिरामी परेको द स्टार अनलाइनले जनाएको छ । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा नन्द हिमाम अब्दुलले बताए । विषाक्त रक्सी खानेहरुमा पेट दुख्ने, बमिट गर्नेजस्ता लक्षण देखिएको केहीबेरमै बेहोस हुने लक्षण देखिएको छ ।

बिरामीहरुको पनि रगत र पिसावको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको क्वालालम्पुरमा परीक्षण भैरहेको छ । ३ जना स्थानीय र बाँकी आप्रवासी कामदार हुन् । ४८ जना आप्रवासी मध्य नेपाली, बंगलादेशी, भारतीय र म्यानमारका नागरिक रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि बेडभर्ना गरिएको छ । अरु ९ जना उपचारपछि फर्किएका छन् । विषाक्त रक्सी खाएर बिरामी परेकाहरु आउने क्रम बढिरहेको जनाइएको छ ।

रक्सीका कारण ज्यान गुमाउने तथा बिरामी परेका अधिकांस नेपाली रहेको अनुमान गरिएपनि परिचय खुलीसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =