मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

असोज, ३ । आन्द्रेस इनिएस्टा बिदा भएपछि बार्सिलोनाको कप्तान बनेका लियोनल मेस्सीले ह्याट्रिकको सहायतामा बार्सिलोनालाई जित दिलाएका छन् ।

मंगलबारदेखि सुरु भएको युरोपियन क्षेत्रका शीर्ष लिगमा खेल्ने क्लब बिचको महादेशीय प्रतिस्पर्धा च्याम्पियन्स लिग फुटबलको समूह चरणका पहिलो खेलमा मेस्सीले करियरकै ४८ औँ ह्याट्रिक पुरा गर्दै नेदरल्याण्डसको क्लब पिएसभी एन्थोवेनलाई ४–० ले हराए ।

३१ औ मिनेटमा फ्रिकिकमार्फत बार्सालाई अग्रता दिलाएका उनले ७७ औ मिनेटमा दोस्रो र ८७ आँै मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । डेम्बेलेले ७४ औ मिनेटमा बार्साका लागि थप एक गोल गरे ।

समूह बी अन्तर्गतकै अर्को खेलमा सुरुमा पछि परेर पनि इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई २–१ ले हरायो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =