हराएकी २१ वर्षीया युवतीको सामुहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौँ, असोज २ । काठमाडौँमै एक २१ वर्षीया युवतीको सामुहिक बलात्कार भएको छ । नागार्जुन नगरपालिका–७ हसनटार बस्ने २१ वर्षीया युवतीको काठमाडौंको कलंकीस्थित एक होटलमा सामुहिक बलात्कार भएको हो । उनी सोमबार बिहानदेखि परिवारको सम्पर्कमा थिइनन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले युवती हराएको निवेदनपछि खोजतलास गर्ने क्रममा उनलाई होटलबाट उद्धार गरेको हो । महानगरीय प्रहरी वृत्त कालीमाटीले युवती हराएको निवेदनपछि खोजतलास गर्ने क्रममा प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौँ नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीया रामकृष्ण नगरकोटी रहेको प्रहरीले जनाएको छ ।

युवतीलाई उनीहरुले ललाई फकाई नगरकोटीले सञ्चालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ ।

ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =