सङ्घीयता महङ्गो भन्नु गलत–मुख्यमन्त्री पोखरेल

बुटवल, असोज २। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताएका छन ।

संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको बताउँदै सङ्घीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल बनाउनतर्फ लाग्नुपर्ने बताए ।

पोखरेलले कामका आधारमा भन्दा सरकार सञ्चालनको छ महिना नपुग्दै आलोचना शुरु हुने गरेको बताउँदैे तीन प्रतिशत रहेको आर्थिक वृद्धि दर यही सरकारले छ प्रतिशतमा पु¥याएको बताउँदै आगामी वर्ष आठ प्रतिशतमा पुग्ने दाबी गरे।
समाजमा हुने अपराधलाई राज्यलाई दोष दिन नहुने पुरानो चलन भएको भन्दै गल्ती, हेलचेक्र्याइबाट हुने घटनालाई राज्यलाई जोड्नुभन्दा परिवार र समाज पनि सचेत हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रदेशमा सभामुख पूर्णबहादुर घर्तीले सञ्चार माध्यमलाई व्यवस्थित र निष्पक्ष गराउनुपर्ने बताए । रातोपाटी अनलाइनका संस्थापक तथा नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय महासचिव ओम शर्मा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका यानेन्द्र जिसी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमाल लगायतले मिडियाले समाजमा परिवर्तन गर्नुपर्ने बताए ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =