बिल गेट्सलाई पछि पार्दै विश्वकै धनी व्यक्ति बने जेफ बेजोस

एजेन्सी । विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका जेफ बेजोसले पछाडि पारेका छन् । मंगलबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ विश्वकै धनी व्यक्ति बनेका छन् । माइक्रोसफ्ट कम्पनीका बिल गेट्स अब दोस्रो स्थानमा पुगेका छन् ।

ब्लुमबर्ग बिलेनियरको रिपोर्टअनुसार मंगलबार अमेजनको सेयर १.३ प्रतिशतले बढ्यो । योसँगै बेजोसको कुल सम्पत्ति ९०.९ अर्ब डलर पुगेको छ। त्यहीँ बिल गेट्सको कुल सम्पत्ति ९०.७ अर्ब डलर रह्यो । गेट्स सन् २०१३ देखि लगातार विश्वका धनी सूचीमा एक नम्बरमा थिए । चार वर्षपछि उनलाई बेजोसले पछाडि पार्न सफल भएका हुन् ।

सन् २०१७ को सुरुवातमा बेजोस विश्वका चौथा धनी व्यक्ति थिए । अहिले उनले वारेन बफेट र अमान्सियो आर्टिगोलाई पनि पछि पार्दै ठूलो छलाङ मार्न सफल भएका हुन् ।

रिपोर्टका अनुसार हाल विश्वकै धनी ५ व्यक्ति यी हुन् ;

जेफ बेजोसः ९०.९ अर्ब डलर
बिल गेट्सः ९०.७ अर्ब डलर
अमान्सियो आर्टिगोः ८२.७ अर्ब डलर
वारेन बफेटः ७४.५ अर्ब डलर
मार्क जुकरवर्गः ७०.५ अर्ब डलर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *