प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जादै
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन यही असोज ६ गते अमेरिका जाने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा शुरु भएको छ । बैठकलाई विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बोधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीको पालो भने असोज ११ गते छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








