सिरियाबाट उडेको रुसी सैन्य विमान बेपत्ता
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज २ । रुसमा सिरियाबाट १४ जना सवार रुसी सैन्य विमान बेपत्ता भएको छ । सिरियाबाट रुसको लाताकिया शहरका लागि उडेको विमान बेपत्ता भएको हो ।
१४ जना सैनिक सवार रुसी आइआइ–ट्वेन्टी विमानको सम्पर्क भूमध्ये सागरको माथि उडिरहेका बेला टुटेको हो ।
सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । नेपाली समय अनुसार मंगलबार बिहान पौने २ बजेदेखि विमानसँगको सम्पर्क टुटेको हो ।
रुसले सन् २०१५ देखि सिरियामा सैन्य आक्रमण गर्दै आएको छ । राष्ट्रपति बसर अल–असदको आग्रहमा रुसले त्यहाँ सैन्य अभियान चलाइरहेको हो ।
सिरियामा गएको सात वर्षदेखि गृह युद्ध चलिरहेको छ । अहिलेसम्म गृह युद्धका कारण तीन लाख ५० हजार भन्दा बढीको ज्यान गएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








