२ महिना बितिसक्दा पनि निर्मलाको हत्यारा पहिचान गर्न नसक्नु लज्जास्पद- सांसद मिना सुब्बा

काठमाडौँ, असोज २ । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मिना सुब्बाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बितिसक्दा पनि दोषीलाई कारबाही गर्न नसक्नु सरकार र गृहमन्त्रीको लज्जास्पद रहेको बताएकी छिन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्मला पन्तको दोषीलाई कठघरामा उभ्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

साथै उनले सरकारले ऐन कानुन ल्याउँदै गर्दा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको कुरा पास गर्दै गर्दा सुनसरी क्षेत्र नं. १ को वि.पि. प्रतिष्ठित अस्पतालको अवस्था दयनिय रहेको गुनासो पोखिन् । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यमा सरकार र सम्बन्धित निकाय तथा स्वास्थ्य मन्त्रीको पटक्कै ध्यान गएको देखिँदैन’ उनले भनिन्, ‘वि.पि.कोईराला स्वास्थ्य प्रतिष्ठानमा पर्याप्त बेड नहुँदा प्रसुतिका बिरामीको बिजोग भएको छ।’

एउटा बेडमा ३ जना सम्म बिरामी राख्नु पर्ने र कतिपयलाई भुईमा नै उपचार गर्नुपर्ने अवस्था रहेको भन्दै यसको सुधार गर्न तथा आवश्यक कदम चाल्न उनले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिष्ठानमा मातृशिशु केन्द्र थप्न २ वर्ष अघि निमार्ण सुरु गरिएको भवन अलपत्र अवस्थामा भएपछि बिरामीहरु मर्कामा परेको उनको भनाइ छ ।

उनका अनुसार, प्रतिष्ठानको प्रसुती विभागको दैनिक क्षमता ३० जनाको भएतापनि २४ घण्टामा ६० देखी ८० सम्म प्रसुतीको लागि आउने गरेका छन् । ‘प्रसुती ईमरजेन्सीको क्षमता ५ बेडको । अप्रेशनपछी पोष्ट नेट वाडको अभाव छ । प्रसुतिका लागि दैनिक ६ सय जना आउने गरेका छन् ।’ उनले भनिन् ।

बेड अभावले प्रसुतीका लागि आउने महिलाहरु समस्यामा परेको भन्दै उनले समस्या समाधानका लागि सरकारसमक्ष आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =