च्याम्पियन्स लिग आजबाट सुरु हुँदै : पीएसजी र लिभरपुुल भिड्ने, बार्सा, एथ्लेटिको र टोटनह्यामको खेल पनि आजै

एजेन्सी, असोज २ ।युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारदेखि समूह चरणअन्तर्गत पहिलो खेल हुँदैछ । आज समूह ए देखि डी सम्मको खेल सम्पन्न हुनेछ ।

समूह ‘ए’ मा क्लब ब्रुजाको मैदानमा बोरुसिया डर्टमुन्डले प्रतिस्पर्धा गर्नेछ भने एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु मैदानमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ मा टोटेनहम हट्स्परले इन्टर मिलानको मैदान सान सिरोमा प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाले डच क्लब पीएसभीलाई आफ्नो घरेलु मैदानमा निम्तो दिनेछ । दुवै खेल रातको १०:४० मा सुरु हुनेछ ।

समूह ‘सी’ को खेलमा लिभरपुलले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनको चुनौती स्वीकार्नेछ । नेपोलीभने रेड स्टार बेलग्रेडको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । सबैभन्दा कमजोर मानिएको समूह ‘डी’ मा गालाटासरे र लोकोमोटिभ मस्को आमनेसामने हुँदैछन् ।

समूहको अर्को खेलमा सालका र एफसी पोर्टोले जर्मनीमा प्रतिस्पर्धा गर्नेछन् । यी दुवै समूहको खेल रातको १२:४५ बजे हुनेछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =