तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया

न्युयोर्क- तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । सानुमायाको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

तामाङ  समाज अमेरिकाको बिधान अनुशार  कुल १९ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले ३ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष  सुमित्रा योञ्जन, महासचिव बुद्दिमान तामाङ, सचिव विनिता तामाङ, कोषाध्यक्ष फुरु लामा तामाङ , सह(कोषाध्यक्ष सजुन थोकर तामाङ, बोर्ड अफ डिरेक्टर उनिशा थीङ (छोईसाङ) तामाङ , रिनु लामा तामाङ , विष्णुमाया मोक्तान  तामाङ, रोजबहादुर घिसिङ  तामाङ , अरुणा रुम्बा तामाङ, दिलमाया तामाङ, विष्णु तामाङ, दिपेन्शा लामा तामाङ र तुलबहादुर तामाङ रहेका छन् ।

तामाङ  समाज अमेरिकाले तामाङ समुदायको मौलिक संस्कृतिलाई निरन्तरता दिँदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =