राप्रपा केन्द्रीय समितिको बैठक आजदेखि, तीन प्रतिवेदन पेश हुँदै

“काठमाडौं, असोज २ । राष्ट्रिय प्रजातन्त्र पार्टीको कन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौमा हुने बैठकका लागि आवश्यक तयारी तथा बैठकमा पेश हुने एजेण्डा तय भइसकेको राप्रपाले जनाएको छ ।

मंगलबार र बुधबार चल्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन तथा महासचिव भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा पेश हुने सवै प्रतिवेदनलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरिसकेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =