नेप्सेको पूर्ण अनलाइन प्रणाली २ महिना भित्र

“
अाश्विन १, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले २ महिना भित्र पूर्ण अनलाइन प्रणाली सुरु हुने बताएको छ ।
आज नेप्सेस्थित कार्यालयमा पत्रकार, ब्रोकर, भेण्डर तथा वाइको कम्पनीका प्रतिनिधिलाई राखेर नेप्सेले पत्रकार सम्मेलन गरी स्टक एक्सचेन्जले भोलिबाट मोक टेस्टिङ्ग मार्फत कारोबार गर्न सकिने बताएको हो ।
स्टक एक्सचेन्जले सेयर कारोबारीलाई चलाउन मोक टेस्टिङग को तालिम समेत दिने भएको छ । मोक टेस्टिङ्ग अर्थात् भर्चुवल कारोबारका लागि भोलीबाट प्रत्येक दिन विहान १० बजेदेखि ७ बजेसम्म शेयर लगानीकर्ताले आफ्नै ल्यापटप वा कम्प्युटरबाट माेक टेस्ट अनलाइन कारोबार कसरी गर्ने बुझ्न सक्नेछन् ।
यसका लागि स्टक एक्सचेन्जले हरेक ब्रोकरलाई छुट्टाछुट्टै लगइन पासवर्ड दिएको हुनेछ । उनीहरुले सोहि बाट अभ्यास गर्न सक्ने बताइएको छ । यसैगरी २ दिन भित्र मोक टेस्टिङ्ग प्रणालीबाट कसरी कारोबार गर्ने भन्ने भिडियो समेत तयार गरेर वेभसाइटमा अपलोड गरिनेछ।
नेप्सेको हालको पुरानो कारोबार प्रणालीलाई बिस्थापन गर्न वाईको कम्पनीले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली संचालनमा ल्याउन काम गरिरहेको छ ।
“








