८ लाख चोर्दा रंगेहात फेला परेकी आनीले उल्टै बम्जनलाई बलात्कारको आरोप

काठमाडौं, असोज १ । रौतहटकी गंगा मोक्तान आनी बन्न सिन्धुली गएकी बेला तपस्बी रामबहादुर बम्जनलाई सार्वजनिक रुपमा बेइज्जतीको हिसाबले बलात्कारको आरोप लगाएको उनका आफन्तहरुले बताएका छन् ।

रौतहट जिल्लास्थित गुजारा नगरपालिका वडा नं २ निवासी रने मोक्तानका अनुसार गंगा सुरुदेखि नै अलिक छुच्ची, अध्यानमा रुचि नराख्ने स्वभावकी थिइन् ।उनका अनुसार आफ्नो छोरा र छोरीलाई बम्जनको अनुयायी बनाउनका लागि त्यहाँ लगेको र आफुपनि बम्जनसँगै बस्दै आएको मोक्तान बताउँछन । ।

बम्जनसँगै रहेका एकजना अनुयायी भन्छन्, गंगाले समय–समयमा त्यहाँका बहुमुल्य सामानहरु चोरी गर्दै आइरहेकी थिइन् ।
एकदिन ८ लाख रुपैयाँ चोरी गर्दागर्दै गंगा रंगेहात फेला परिन्,
त्यसपछि यहाँको धर्मसभाले निज गंगा मोक्तानलाई पदच्युत गरि संघबाट निश्कासन गर्यौ ।’ उनका अनुसार गंगालाई निस्कासन गर्नुअघि गंगाको पिता रने मोक्तानको रोहबरमा छलफल भएको थियो ।

उनका बुवाले माफी दिन आग्रह गरेका थिए । तर, उनलाई माफीदिन नमिल्ने भन्दै धर्मसभाले गंगालाई निष्कासन गरेको थियो । त्यसपछि बुवा रनेको रोहबरमा गंगालाई त्यहाँबाट निकालेका थिए ।

गंगालाई २०७५ असार २२ गते शुक्रबार उनका बुवाको साथमा छाडेका थिए । गंगाको चरित्रमाथि आँच पुर्याउन पत्रकार सम्मेलन गरेको भन्दै उनका बुवाले यसबारे थप सत्यतथ्य जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

हेर्नुस्, सहमतिपत्र ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =