निर्मला हत्याकाण्डबारे सांसद अग्रहरीको प्रश्नः रक्षक नै भक्षक भएको त होइन ?

काठमाडौँ, असोज १ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा चर्को विवाद र सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

संसदको सोमबारको बैठकमा सांसद अम्रिता अग्रहरीले सभामुखमार्फत निर्मलाको विषयमा गम्भीर ध्यानाकर्षण गराउनुका साथै यसको घोर भत्सर्ना समेत गरेकि छिन् ।

संसदमा उनले पुरुष प्रधान देशमा नारी अस्मिताको विषयमा सरकार गम्भीर नभएको भन्दै यसको घोर भत्सर्ना गरेकी हुन् । आफूले डेढ दुई महिनादेखि निर्मला हत्याकाण्डको विषयमा सुन्दै आएको बताइन् ।अझै सम्म कारबाही नहुनु दुर्भाग्य रहेको भन्दै उनले ‘लिखा परदेश किस्मतमे वतनका याद क्या कर्ना, जब बेदर्द हे मालिक वहाँ फरियाद क्या कर्ना !’ भनिन् ।

दुईमहिना देखि तमाम महिला तथा बालबालिकाहरुले हरेक कार्यक्रममा निर्मला हत्या काण्डको विषयमा आवाज उठाइरहेको उनले सुनाइन् । ‘किन्तु मैँले पहिले पनि भनिसकेकी छु हाम्रो सरकार अन्धो छ, बहिरो छ यो दुर्भाग्य हो, जुन देशका शासक यति कमजोर छन्, भने स्वतः त्यस देशको प्रशासक कमजोर हुन्छ नै ।’

उनले सरकारले इमान्दारीताको रुपमा यस हत्या काण्डको चिन्तन गर्नैपर्ने बताइन् । कहीँ यस्तो त होइन हाम्रो देशको रक्षकले नै भक्षक को भूमिका निभाइरहेका छन्, उनले आशंका व्यक्त गरिन् ।

‘अरु देशमा ४८ घण्टाभित्र अपराधीलाई कारबाही भइसक्छ तर विडम्बना हाम्रो देशमा डेढ महिना बितिसक्दा पनि हत्यारा खोज्न सकिरहेका छैनौँ । मलाई लाग्छ हामी बुझ पचाइरहेका छौँ ।’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =