नाडा अटो शो सम्पन्नः २४ सय गाडी बुक

काठमाडौं, असोज १ । ६ दिनसम्म चलेको ‘नाडा अटो शो’ आज सम्पन्न भएको छ । भदौ २६ गते देखि काठमाडौंको भृकुटिमण्डपमा भएको १३ औं संस्करणमा ५ अर्व बराबरको कारोबार भएको छ ।

नाडा अटो मोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा ६५ हजार भन्दा बढिले अवलोकन गरेका छन् । २ हजार ४ सय सवारी बुकिङ भएको नाडाले जनाएको छ ।

यसमध्ये १ हजार ६ सय मोटरसाइकल र ८ सय गाडी बुकिङ भएका हुन् । १३ औं संस्करणको बेस्ट स्टल टीभीएसले पाएको छ । गाडीतर्फ फक्सवागनले उत्कृष्ट स्टलको अवार्ड पायो ।

मेलामा महिन्द्रा, किया, रेनोल्ट, हुण्डाई, टाटा रेनोल्ट कम्पनीह?ले विद्युतीय सवारी प्रदर्शनीमा राखेका थिए। यस वर्ष सबैभन्दा बढि विद्युतीय सवारीले ग्राहकको मन तानेको नाडा अटो मोवाइल एशोसिएसन अफ नेपालका अध्यक्ष शम्भु दाहालले बताए ।

१९ वटा ब्राण्डका ४ पांग्रे तथा २० वटा ब्राण्डका २ पांग्रे सवारीसाधन प्रदर्शनमा राखिएको थिए । त्यस्तै पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरेर यस वर्ष ७१ कम्पनीहरुको सहभागीता रहेको थियो । साना ठुला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहेका थिए । यस पटक बैंक तथा इन्स्योरेन्स कम्पनीका स्टल भने स्थान अभावका कारण भन्दै राखिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =