नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त

काठमाडौँ, असोज १ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएका छन् ।

आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

निगमले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको आवाज उठीरहेका बेला शुक्रबार मात्रै मन्त्रीपरिषदले पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा नेपाल वायु सेवा निगमको सदस्यमा खरेललाई नियुक्त गरेको थियो । खरेललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको दुर्इ दिनमै सरकारले कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।

हाल निगमको कार्यकारीको भूमिकामा महाप्रबन्धक सुगतरत्न कंसाकार रहेका छन् । उनकै नेतृत्वमा निगमले दुईवटा वाइडबडी जहाज किने पनि खरिद प्रक्रियामा दलालको प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप लागिरहेको छ ।

निगमको संचालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ। खरेल अहिलेका महाप्रबन्धक सुगतरत्न कशांकारअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धक भएका थिए। तर कार्यकाल पूरा नगरी निगमबाट बाहिरिएपछि सरकारले कशांकारलाई महाप्रबन्धक नियुक्त गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =