दशैंका लागि अग्रिम टिकट विक्रि आश्विन ५ बाट
२०७४ जेठ १५ गते

“
आश्विन १, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमी मनाउन काठमाडौं उपत्यकाबाट घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायीले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयार भएका हुन् ।
हिजो यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।
प्रत्येक वर्ष विजयादशमीका अवसरमा राजधानीबाट करिब १५ लाख मानिस सर्वसाधारण बाहिरिने गर्दछन् । दशैंकाे अवसरमा कतिपय यातायात ब्यवसायीले नयाँ बस ल्याउने गर्दछन् । यसवर्षको विजयादशमी आश्विन चौथो हप्ताबाट सुरु हुने छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








