भारत नगएको नेपाली सेना संयुक्त सैन्य अभ्यासका भोलि चीन जाँदै

“
भाद्र, ३१ काठमाडौं । अन्तिम समयमा भारतमा हुने तालिममा सहभागी नहुने निर्णय गरेको सेनाले भोलिबाट चीनमा संयुक्त सैन्य अभ्यास थाल्ने भएको छ । त्यसका लागि नेपाली सेनाको टोलि भोलि नै चीन जान लागेको हो ।
चीन–नेपाल ‘सगरमाथा मैत्री २’मा भाग लिन नेपाली सेनाको टोली जान लागेको सैन्य प्रवक्ता तथा ब्रिगेडियर गोकुल भण्डारीले जानकारी दिए ।
‘प्रोटस माइनस’ अर्थात १६ जनाको टोली सिचवान प्रान्तको राजधानी चेङ्डु तर्फ प्रस्थान गर्ने भएको हो ।
असोज १ देखि १३ गतेसम्म हुने उक्त सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारसँगै आतंकवादविरुद्ध लक्षित छ । चेङ्डु सैन्य अभ्यासमा नेपालको सहभागिताले भारतमा नेपालप्रति आसंका जन्माएको छ । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनेमा बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाले नजाने निर्णय गरेको थियो ।
नेपाली सेनाको ५ अधिकृतसहित करिव ३० जनाको टोलि पुने प्रस्थान गर्नुभन्दा एक दिन पहिले रद्ध गरेको थियो ।
भारतका केही संचार माध्यमले यसलाई चीनको दवावमा नेपालले गरेको निर्णयका रुपमा प्रस्तुत गरेका छन् । यस अघि नेपाल र चीनबिच संयुक्त सैन्य अभ्यास २०१६ को अप्रिलमा भएको थियो ।
“








