एन आइ सी एशिया बैंकको चाडपर्व अफर

“
भाद्र ३१, काठमाडौं । एनआइसी एशिया बैंकले चाडपर्व अफर ल्याएको छ । “चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै” भन्ने नारा सहित बैंकले महान चाड दशै तिहार, छठको उपलक्ष्यमा ग्राहकहरुले आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ ।
रेमिट रकम ग्राहकहरुले बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत यो सेवा प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म रहने बताइएको छ । यो समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।
बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म एन आई सी रेमिट मार्फत रकम पठाउने ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।
“








