श्रीमतीलाई पीठ्युँमा बोकेका भूटानी पूर्व प्रधानमन्त्रीको तस्वीर चर्चा, के थियो कहानी ?

“
भनिन्छ, पे्रम एक यस्तो अनुभूति हो जो ठूला बुढा मान्छेलाई पनि झुक्न फोर्स गर्छ । चाहे उनीहरु राजा हुन् या अरु कोही । आफ्नो प्रेमको अगाडी झुक्दा माया गर्नेहरुलाई कुनै अप्ठेरो महशुस हुँदैन ।
उनीहरु यो सोच्दैनन् कि दुनियाँ उनीहरुको बारेमा के भन्छन् । यस्तै केही देखाए एक भुटानी पूर्व प्रधानमन्त्री शेरिंग तोबेगेले ।
एक फोटो सामाजिक सञ्जालमा हालसालै धेरै नै भाइरल भयो शेरिंग तोबेगेल र उनकी पत्नीको । उक्त तस्वीरमा शेरिंगले फोहोर र हिलोले भरिएको बाटोमा आफ्नी पत्नी ताशी दोमालाई पीठ्यूँमा बोकेर लगिरहेका थिए । उनै शेरिंगको यो तस्विर देखेर सबैले तारिफ गरिरहेका छन् ।
भूटानका पूर्व प्रधानमन्त्री शेरिंगले ट्वीटरमा फोटो शेयर गर्दै निकै रोमाञ्चक स्टाटस लेखेका थिए । उनले लेखेका छन्, सर वाल्टरको जस्तो राम्रो त छैन तर मैँले जे गरेँ जुन श्रीमानले आफ्नो श्रीमतीको खुट्टा सफा राख्न गर्न आवश्यक छ’
सर वाल्टरको कहानीः
सर वाल्टर रैले ब्रिटिस सेनाका एक हिस्सा हुनुका साथै एक कवि पनि थिए । उनको बारेमा एक कहानी प्रचलित छ, जसमा भनिएको छ कि एक हिलो भरिएकोे बाटोदेखि पार गर्ने क्रममा महारानी एलिजाबेथ प्रथम पैदल हिँडिरहेकी थिइन् तब उनको खुट्टामुनि हिलो लाग्नेवाला थियो ।
यस्तो समयमा महारानी एलिजाबेथको खुट्टामा हिलो लाग्नबाट बचाउनका लागि सर वाल्टर रैलेले आफ्नो ओभरकोट महारानीको खुट्टामुनि बिछ्याइदिए । सर वाल्टरको यस्तो कदमलाई वीरताको उदाहरण बताइयो किनकी उनले महारानी एलिजाबेथको खुट्टा फोहोर हुन दिएनन् ।
“








