अटोमेटिक पेस्तोलसहित २७ वर्षीय चौधरी पक्राउ
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३१ । दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दाङको घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २७ वर्षीय वीरबहादुर चौधरी अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
घोराही उपमहानगरपालिका–१५ स्थित तुल्सिपुर सड्कमा चेकजाँच गर्ने क्रममा पाइन्टको बेल्टमा ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र ४ राउण्ड गोलीसहित शनिबार चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चौधरीको साथबाट प्रहरीले १ थान म्याग्जिन पनि बरामद गरेको छ । चौधरी सवार रा ४ प २४६६ नम्बरको मोटरसाईकल समेत बरामद गरेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








