विकासमा पछि पर्यो भनेर गीत गाउँदैमा सुदूरपश्चिम अघि बढ्दैन– प्रधानमन्त्री

काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा एक वर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्वविद्यालयसभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सुदुरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्नेमा जोड दिँदै भने, ’प्राकृतिक स्रोतले भरिपूर्ण सुदुरपश्चिमका सम्भावना धेरै छन्। यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछु ।’

प्रधानमन्त्री ओलीले सुदुरपश्चिम विकासमा पछि पर्यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने बताए।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानबिन गर्नका लागि दुईवटा समिति गठन गरेका छन् ।

विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरिएको हो ।

दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =