सोनम कपुरलार्इ मनपर्दैन फाेर प्ले

“एजेन्सी । बलिउडकी हटकेक अभिनेत्री सोनम कपुरले चार महिना अगाडी ब्यापारी अानन्द अाहुजासँग विवाह गरिन् । अहिले बैवाहिक जिवनकाे हनिमुन मनार्इरहेकी साेनमले एक च्याट शाेमा आफ्नो बेडरुमका सेक्रेटहरु खुलासा गरेपछि चर्चामा अाएकी छिन् ।

फेसनवेल नायिका साेनमले सार्वजनिक गरेका बेडरूम सेक्रेट अनुसार उनलार्इ बत्ति निभाएर सुत्न मन पर्दैन । बत्ति निभाउँदा उनलार्इ सकस हुन्छ । ‘हामी जे गर्छौं, बत्ति बालेरै गर्छौं,’ उनले च्याट शाेमा भनेकी छिन् ।

साेनमलार्इ फोर प्ले (सेक्स अगाडिको यौनजन्य क्रियाकलाप) को विषयमा प्रश्नगर्दा उनले आफूलाई फोर प्लेभन्दा डर्टी टक (अश्लिल गफ) मन पर्ने बताइन् ।

‘फोर प्लेमा जति रोमाञ्चित हुन्छु, त्यो भन्दा कयौं गुणा बेसी रोमाञ्चित फोहोरी कुरा गर्दा हुन्छु ।’ उनले भनिन् । साेनमले आफूलाई ह्यान्ड जब (हात र औंलाले गर्ने मैथुन) पटक्कै मन नपर्ने पनि जिकिर गरिन् ।

च्याट शोमा सोनमले अर्को रोचक कुरा पनि खुलासा गरिन् । उनको भनाई अनुसार आनन्द आहुजाले सुरुमा आफ्नो साथीसँग सोनमको सेटिङ मिलाइदिन खोजेका थिए । तर, अन्ततः आफैं सोनमको प्रेममा डुबे ।

‘उनले मलाई दुवै घुँडा टेकेर प्रेम प्रस्ताव राखे,’ सोनमले भनिन्, ‘मैले अस्वीकार गर्नै सकिनँ ।’ व्यापारी आनन्द आहुजा र सोनमले यसै वर्षको ८ मेमा विवाह गरेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =