गर्मीमा केशको हेरचाह कसरी गर्ने ?

नारीको सौन्दर्य उनको कपाल बाट झल्किनछ त्यो हामी सबैलाई थाहा भएको कुरा हो । जाडोको तुलनामा हामी गर्मीमा धेरै नुहाउने गछौँ । अझ तौलिय कपाल हुनेले त झन् गर्मीमा दिन दिनै नुहाउँनु पर्ने हुन्छ जस्ले गर्दा कपाल सुख्खा हुन गई कपालको चमक नै हराएर जान्छ । गर्मीमा कपाल धेरै टुक्रिने झर्ने हुँदा आफ्नो केशको प्रकार हेरी उच्च गुणस्तरको स्याम्पु प्रयोग गर्दा राम्रो हुन्छ । तोरीको तेल लगाएर मसाज गरी नुहाउँदा कपालको चमक आउनुको साथै कपाल झर्न पनि कम हुन्छ । तेल र स्याम्पु नै केशलाई सफा र स्वास्थ्य राख्ने एकदम राम्रो उपाय हो । तल दिएका निम्न उपाय बाट नि केशको सुरक्षा गर्न सकिन्छ ।

–एउटा केरामा एक चम्चा ओलिभ ओयल मिसाएर राम्रोसँग फिट्नुपर्छ । जब केराको प्युरी बन्छ तब त्यसले केश र स्काल्पमा मसाज गर्नुपर्छ । ३० मिनेटपछि केश धुनुपर्छ ।

– हप्तामा ३ चोटी सम्म केशमा तोरी या अन्य कपालमा लगाउने प्रभावकारी तेल लगाई १०/१५ मिनेट मसाज गरी २/३ घण्टा पछी नुहाउँदा केशमा चमक आउनु को साथै कपाल झर्र्न रोक्छ ।

– आधा एबोकाडोलाई म्यास गरी त्यसमा केही थोपा पिपरमेन्ट एसेन्सियल ओयल मिसाउनुपर्छ । केश स्याम्पु गरेर पानी निचोरेपछि यो मास्क प्रयोग गरी १५ मिनेटपछि धुनुपर्छ । केश तैलीय र चिपचिप रहँदैन र नरम पनि हुन्छ ।

– कागतीको रसमा ओलिभ ओयल मिसाएर मसाज गर्दा सुख्खा केशमा चमक प्राप्त हुन्छ ।

– कपालमा घ्यूकुमारी रस हाली कपालको मसाज गर्दा नि केश चम्किलो र कपाल बढ्न मदत गर्दछ ।

– मेथीको पाउडर ३० मिनेट पानीमा भिजाई केशमा १ घण्टा जती राखेर नुहाउँदा कपालमा चमक ल्याउनु को साथै कपाल झर्न पनी कम भएर जान्छ ।

– चाँयाको समस्या हुनेले दहि केशमा लगाई १ घण्टा पछी नुहाउँदा चाँया जानुको साथै कपाल झर्न पनी रोक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =