पोष्टमार्टमका लागि भन्दै दुई दिनपछि निकालियो गाडेको शव

खोटाङ, भदौ ३१ । खोटाङमा गाडिएको शव पोष्टमार्टमका लागि दुई दिनपछि प्रहरीले उत्खनन् गरेको छ ।

कालगतिले मृत्यु भएको भनिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा खमारेका ४५ वर्षीय भीमबहादुर राईको अस्वभाविक मृत्यु भएको जानकारी आएपछि पोष्टमार्टमका लागि प्रहरीले दुई दिनपछि शव उत्खनन् गरेको हो ।

भदौ २८ गते उनको मृत्यु भएको थिया । परिवारले कालगतिले मृत्यु भएको भन्दै सोही दिन सदगद गरिएको प्रहरीले जनाएको छ ।

राईका छिमेकीहरुले उनको मृत्यु विष सेवनबाट भएको खबर गरेपछि प्रहरीले घटनाको छानविन गर्न लागेको हो ।

शनिबार साँझ निकालिएको शव पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल ल्याइँदैछ ।

घटनास्थलमा अनुसन्धानका लागि सुरुमा प्रहरी चौकी र त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =