अमेरिकामा आफूविरुद्धको प्रदर्शनप्रति बाबुरामको आपत्ति, दिए कडा प्रतिक्रिया ?

“
काठमाडौं, भदौ ३१ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूविरुद्धको प्रदर्शनप्रति आपत्ति जनाएका छन् । उनीविरुद्ध अमेरिकामा भएका नेपालीले अमेरिकामा ‘नेपालका छोराछोरीलाई मार्ने, मडरर गो ब्याक’ भन्दै गरेको प्रदर्शनप्रति उनले आपत्ति जनाएका हुन् ।
उक्त समाचार प्रकाशित भएकोप्रति टिप्पणी गर्दै डा. भटराइले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाएका हुन् ।
अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको समाचारप्रति आपत्ति जनाउँदै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् लेखेका छन्ः ‘यो कस्तो पत्रकारिता हो कुन्नी १ पाँच सय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोध चाहिं भँगेरे अक्षरमा १ जो अगुवा उही बाटो…! अनि देश कसरी समृद्ध बनोस् ?’
हिजो डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी गरेका थिए ।
“








