ब्राउन सुगर र नक्कली पेस्तोलसहित तिन जना पक्राउ

काठमाडौं ,भदौ ३१ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति
८ बजे तीन जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौं चुच्चेपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल मगर, मोरङ पथरी नगरपालिका–५ का २४ वर्र्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्र्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए ।

सडकमा हिँडिरहेका निजहरुको शरीर तलासी लिने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन ब्राउन सुगर, नक्कली पेस्तोल एक थान र रु २० हजार १०० बरामद भएको निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =