छोरा-छोरी खोलाले बगायो, आमा बाँच्न सफल
२०७४ जेठ १५ गते

“सल्यान, भदाै ३१ । खोलाले बगाउँदा दुईजना बालबालिकाको ज्यान गएको छ । शनिबार बेलुका ६ बजे दार्मा गाउँपालिका –६ बुर्तिबाङ निवासी पूर्णिमा केसीकी ६ वर्षीया छोरी रेखा केसी र दुई वर्षीय छोरा मोहन केसीको ज्यान गएको हो ।
तीज मनाउन रुकुम माइतीबाट घर फर्किँदै गर्दा स्थानीय दार्मा खोलाले तीनै जनालाई बगाए पनि आमा भने बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ ।
खोलाले बगाएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । दुई वर्षीय बालक मोहनको शव राति १० बजे भेटिएको हो भने छोरी रेखाको शव बिहान दुई बजे फेला परेको प्रहरीले जनाएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








