यू-१९ क्रिकेट : अफगानिस्तानसँग भिड्दै नेपाल

“काठमाडौं, भदौ ३१ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को निमन्त्रणामा चार टोली सम्मिलित एक दिवसीय शृंखला खेल्न भारतको लखनउ पुगेको नेपाली यू-१९ राष्ट्रिय टोलीले राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

लखनउस्थित इकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपालका लागि समूहगत चरणमा सान्त्वना जित हात पार्ने अवसरका रूपमा रहेको छ।

प्रतियोगिताको सुरुआती दुई खेलमा लगातार पराजय बेहोरेपछि नेपाल र अफगानिस्तान दुवै टोलीले फाइनल पुग्ने आफ्नो बाटो बन्द गरिसकेका छन्। नेपाल र अफगानिस्तान दुवै टोली भारतको ‘ए’ र ‘बी’ टोलीसँग पराजित भएका हुन्।

नेपाल गत बिहीबार भएको आफ्नो पहिलो खेलमा भारतको ‘बी’ टोलीसँग ४० रनले पराजित भएको थियो। शुक्रबार भएको आफ्नो दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग आठ विकेटको भारी अन्तरले पराजित हुन पुग्यो।

यस्तै आफ्नो पहिलो खेलमा भारतको ‘ए’ टोलीसँग एक सय ४० रनले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा भारतकै ‘बी’ टोलीसँग शुक्रबार दुई विकेटले पराजित हुन पुगेको थियो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =