सुक्खा पहिरोमा परि रसुवामा दुई जनाको मृत्यु, ९ जना घाइते

रसुवा, भदौ ३१ ।  पहिरोमा पुरिएर दुईजना कामदारको ज्यान गएको छ । पहिरोमा परी नौजना घाइते भएका छन् ।

राति पौने १० बजे खसेको सुक्खा पहिरोमा परी निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत दुई कामदारको मृत्यु भएको हो।

गोसाइकुण्ड गाउँपालिका १ मा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरो जाँदा आयोजनामा काम गर्ने हेटौँडाका २२ वर्षिय रमेश कुप्रोला र रुकुमका ५० वर्षीय भिम रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका नौ जनामध्ये चिनियाँ नागरिक एमआर. वाइओ पिएचसी, रुकुम भूमे–२ का टेकमान बुढा, सोही ठाउँका जगदीश रोक्का र रुकुमकै कृष्णपुर नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते ९ मध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने ५ जनाको हाइड्रोपावर भित्रै रहेको प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =