इङ्लिस प्रिमियर लिगः लिभरपुलकाे अपराजित यात्रा कायमै

भाद्र ३०, काठमाडाैं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । शनिबार टोटनह्यामले दोश्रो हार ब्यहोर्दा लिभरपुल २–० ले विजयी भएको हो । पाँचौं चरणको खेलसम्म लिभरपुल अपराजित छ ।

खेलकाे ३९ औं मिनेटमा गेयरगिनो वाइजनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । बल बढि आफ्नो नियन्त्रणमा राखेपनि टोटनह्यामले लिभरपुलको पोष्टमा प्रहार गर्न सकेन ।

दोश्रो हाफको ५४ औं मिनेटमा रोबेटो फर्मिनोले लिभरपुलको अग्रता दोब्बर पारे । अतिरिक्त समयको तेश्रो मिनेटमा टोटनह्यामका लागि इरिक लामेलाले सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् ।

५ खेलबाट १५ अंक जोडेको लिभरपुल तालिकाको शीर्षस्थानमा छ । टोटनह्याम समान खेलबाट ३ जित र दुईहार सहित ९ अंकका साथ पाँचौ स्थानमा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =