अध्यक्ष प्रचण्ड चिन प्रस्थान

काठमाडौं भदौ ३० –सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीे का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन् ।

चीन प्रस्थान गर्नु अघि उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्र्र्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए ।
अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारी प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरे ।

एक फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी संगठनहरुको एकीकरणसम्बन्धि छलफल सकारात्मक दिशामा अघि बढेको र आफू चीनबाट फर्किएलग्त्तै आवश्यक निर्णय लिने पनि बताए । उनले दशैं अघि सगठनहरुको एकीकरणको काम सम्पन्न हुने दावी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =