धरानकाे २० नंं वडा वालमैत्री वडा घाेषणा

भाद्र ३०, धरान । धरान उपमहानगरपालिकालाई २०७५ साल भित्रमा वालमैत्री नगर घोषणा गर्ने योजना अनुरुप शुक्रबार २० नम्बर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । यस अघि धरानका १३ र १४ नम्बर वडालाई वालमैत्री वडा घोषणा गरिसकिएको छ ।

वालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै वालमैत्री नगर घोषणा गर्ने अभियानमा धरान उपमहानगरपालिका रहेको धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन ।

‘वालमैत्री वडा घोषणा हुन ३९ वडा सुचकहरु पुरा गर्नु पर्ने प्राबधान रहेको छ, जुन प्राबधान पुरा गरिसकेपछि बालमैत्री वडा घोषणा हुन्छ ।’ उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले बताए ।

शुक्रबार भएको वालमैत्री वडा घोषणाको कार्यक्रममा धरानका बिभिन्न वडाका वडाध्यक्ष, कार्यवालिका तथा नगरसभा सदस्य, स्थानीय सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधिहरु पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उता बालदिवसकै अवसरमा मोरङको ग्रामथान गाउँपालिका अन्र्तगतको ८ बटा सामुदायिक तथा निजी बिद्यालयबीच हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

जसमा सरस्वती नमुना माध्यामिक बिद्यालय प्रथम, गणेश माध्यमिक नमुना बिद्यालय द्धितिय तथा पशुपति सेकेन्ड्री ईङलीस स्कुल तृतिय स्थान हासिल गरेका छन ।

यसैबीच सरस्वती नमुना माध्यमिक बिद्यालयका समाजसेवी राम प्रसाद खतिवडा, तिलक प्रसाद घिमिरे, बिद्यालयका शिक्षक गुण्राज सुवेदी, शान्ता कर्ण लगायतलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =