आजको राशीफल
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३० । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अपेक्षित काममा सोँचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तको सहयोग मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यसिद्धि हुने अवसर मिल्नेछ । अतिथीको सेवा होला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेका काममा ढिलासुस्ती हुनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ काम वा रोजगार पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो दुरीको लाभदायक यात्रा रहला । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । कार्यमा सफलता पाईनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । सरकारी निकाएको भय रहला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








