कर्मचारी प्रशिक्षण प्रतिष्ठान खारेज, नारायणहिटीसहितका संग्राहलयमा दरबन्दी स्वीकृत

“
काठमाडौं, भदौ २९ । सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । शुक्रबार राति सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिँदै संसदमा पेस गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए।
कर्मचारी प्रशिक्षण प्रतिष्ठान खारेज गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मिलान गर्ने निर्णय गरेको छ । दुुई तहमा रहेको यो संरचना अब एउटा मात्रै हुनेछ ।
बैठकले प्रहरी पाँचौं संशोधन नियमावली र स्वास्थ्य नियमावली स्वीकृत गर्ने पनि निर्णय गरेको छ । नारायणहिटी दरबार संग्राहलय, पुुरातात्विक विभागअन्तरगतका संग्राहलय र स्मारक संरक्षण तथा दरबार हेरचाह, स्थानीय तह अन्तरगतका संग्राहलयमा संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने पनि निर्णय भएको मन्त्री अधिकारीले बताए ।
यस्तै मन्त्रीपरिषद्को बैठकले अन्तर्राष्ट्रिय आणविक उर्जा संगठनको ६२ औं महासभामा भाग लिनको लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डलको गठन र अरु व्यवस्था गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्री तथा कर्णाली र गण्डकी प्रदेशका मूूख्यमन्त्रीको विदेश भ्रमण पनि स्वीकृत भएको छ भने नेपाली सेनालाई विभिन्न तालिममा जानको लागि पनि स्वीकृति दिने निर्णय भयो।
विशेष सेवाको नयाँ कानूून बनाउने गरी सैदान्तिक स्विकृति र नेपाल वायुसेवा निगमको बोर्ड सदस्यमा मदन खरेललाई बोर्ड सदस्यको रुपमा नियुुक्त गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए ।
“








