दुई प्रहरी विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

भाद्र २९, काठमाडौं । उमेर ढाँटेर सरकारी जागिर खाइरहेका एक प्रहरी निरिक्षकलाई अख्तियारले आरोप पत्र दायर गरेको छ ।
डेढ वर्ष अघि नै अवकास पाउनुपर्ने नेपाल प्रहरीका प्रहरी निरीक्षक बल्लभबहादुर सिंहले आफ्नो नागरिकताको प्रमाणपत्रमा जन्ममिति सच्याई वहाल रहि डिएसपीमा समेत बढुवा भएको भन्दै उजुरी परेपछि अख्तियारले छानविन गर्दा उनी दोषि देखिएका थिए ।

जिल्ला प्रशासन कार्यालय बझाङबाट जारी भएको नागरिकताको प्रमाण–पत्रमा उल्लेखित उमेर १८ वर्षलाई फरक पारी सच्याइ २०३७ बैशाख ३१ मा १६ वर्ष उमेर पुगेको बनाएर प्रहरी नायब उपरीक्षक पदमा बढ्वा समेत भइ सेवारत रहेको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको जनाएको छ ।

अख्तियारका सहसचिब एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार निजलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले आरोप–पत्र दायर गरिएको हो ।
उनलाई कैद सजाय र जरिवाना माग दावि गर्दै गत मंगलबार आरोप–पत्र दायर गरिएको हो ।

यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएका प्रहरीका विरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ । बुधबार दाङ्ग घोराही नगरपालिका १२ का नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक देबबहादुर शाहीले नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरी बढुवा भएको प्रमाणित भएको भन्दै विषेश अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रहरी सहायक निरीक्षक देबबहादुर शाहीले माध्यामिक शिक्षा परिषद् वाराणसी भारतबाट इन्टरमिडियट तह उत्तिर्ण गरेको भनिएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भइ लाभ समेत लिएको देखिन आएकोले कारवाहीका लागि मुद्दा दायर गरिएको बताइएको छ ।

यता नापी कार्यालय गौरका नापी अधिकृत धीरेन्द्रकुमार लालले जग्गा कित्तकाकाट गरिदिने वहानामा १४ हजार घुस लिएको रंगेहात पक्राउ गरेकोमा उनी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =