सुपरस्टार रजनिकान्तकाे ‘२.०’ टिजर रिलिज
२०७४ जेठ १५ गते

“
भाद्र २९, काठमाडाैं । साउथ फिल्मका सुपरस्टार रजनिकान्तकाे ‘२.०’ फिल्मकाे टिजर सार्वजनिक भएकाे छ । याे फिल्म भारतको सर्वाधिक महँगो सिनेमा समेत मानिएकाे छ ।
शंकर निर्देशित फिल्ममा दक्षिण भारतिय फिल्मका सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका छ । याे फिल्म २०१०मा रिलिज भएको ‘रोबर्ट’ सिनेमाको सिक्वल हो।
सार्वजनिक टिजरले फिल्म हलिउड स्तरमा बनेको देखाएको छ।
करिब ५५० करोड भारूमा निर्माण भएको सिनेमाले भारतिय वक्सअफिसमा कीर्तिमानी कमाइ गर्ने अनुमान गरिएको छ।
‘२.०’२९ नोभेम्बरलाई रिलिज मिति ताेकिएकाे छ । याे फिल्म हिन्दी, तमिल तथा तेलेगुमा गरी एकसाथ ३ भाषामा रिलिज हुनेछ।
हेर्नुहाेस् टिजर
https://www.youtube.com/watch?v=owPuQjInzO8″
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








