विप्लवका नेता कार्की र पत्रकार बस्नेतको मुद्दा जोशीको इजलासमा

“
काठमाडौँ, भदौ २९ । प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले आज दुई ओटा मुद्दाको सुनुवाई गर्दैछन् ।
संसदीय विशेष सुनवाई समितीबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई शुक्रबार विप्लवका नेता कार्की र पत्रकार बस्नेतको दुईवटा इजलास तोकिएको हो ।
जोशीले शुक्रबार एकल इजलासमा आगजनी, बिस्फोट र अबैध असुलीको अभियोग लागेका विप्लव नेतृत्वका मोहन कार्की र समाचार प्रकाशन गरेको अभियोग लागेका सम्पादक तथा पत्रकार राजु बस्नेतको गैर न्यायिक हिरासत सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाई गर्दैछन् ।
जोशीले शुक्रबार एकल इजलासमा उनलाई १ नम्बर एकल इजलास र सोही इजलासमा न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलास तोकिएको हो। जोशीको एकल इजलासमा पाँच थान र संयुक्तमा एक थान मुद्दाको पेशी तोकिएको हो।
काभ्रे प्रहरीको हिरासतमा रहेका कार्की नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) र विद्युतीय कारोबार ऐन अन्तर्गत महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका बस्नेतका आफन्तले सर्वोच्चमा निवेदन दिएका हुन्।
“








