‘संघीयता चलाउन अवैज्ञानिक कर लगाएर हुन्छ ?’– चित्रबहादुर केसी

काठमाडौँ, भदौ २९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता टिक्दै नटिक्ने बताएका छन् ।

धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले देशले संघीयता धान्न नसक्ने भन्दै संघीयता टिक्दै नटिक्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै केसीले संघीयता खारेज गर्नुपर्ने बताए । उनले भने, ‘तिथि मिति र भविष्यवाणी त गर्न सकिँदैन । हेर्दै जानुस, संघीयता टिक्दैन, टिक्दै टिक्दैन । हामीले कुनै आग्रह पूर्वाग्रहमा संघीयताको विरोध गर्दै आएका होइनौँ’ ।’

साथै केसीले सरकार पाल्न नसक्ने हाम्रो अर्थतन्त्रले सात ओटा सरकार धान्न नसक्ने दावी गर्दै केसीले प्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई बलियो र शक्तिशाली बनाउनुपर्ने बताए ।  संघीयता चलाउन अवैज्ञानिक कर लगाएर हुन्छ ? भन्दै केसीले प्रश्न गरे  ।

अध्यक्ष केसीले पहिलेदेखि नै संघीयता सबैलाई घाँडो हुने तथा नटिक्ने बताउँदै आएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =