बाढी पहिरोको कारण ४ करोडको क्षति

रुकुम पश्चिम, भाद्र २८ । चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार बराबरको क्षति भएको छ ।

नगरपालिकाका १४ वटै वडामा भारी वर्षाको कारण क्षति पुगेको हो । बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका भनाईअनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी बगेको र बाढी र पहिरोका कारण सात सडक तथा ६ विद्यालयमा क्षति पुगेको छ ।

सुनुवारले नगरपालिकाभित्रका जहारीखोला, सेतीगारखोला, मानाकोटखोला, दमदमेखोला, कालिगारखोला, नार्जिखोला, खहरेखोला, चिन्नेबगरखोला, लापुरखोला, ठूलाखोला, कटेजखोला, चैतेखोला तथा साक्चा खोलामा आएको बाढीले क्षति पुर्याइको बताए ।

कार्यदलले विशेषगरी जथाभावी खनिएका सडकका कारण बर्खायाममा व्यापक क्षति भएको निष्कर्ष निकालेको र नगरपालिकाले २० परिवारलाई रु तीन हजारदेखि रु २० हजारसम्म सहयोग उपलब्ध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *