निर्मला हत्या प्रकरणको यथार्थ जानकारी गराउन सभामुख महराको रुलिङ

काठमाडौँ, भदौ २८ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले निर्मला पन्तको बलात्कार घटनाबारे संसदमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको संसदमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषीलाई सरकारले नै जोगाएको आरोप लगाएको छ । काँग्रेसले घटनाबारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुखले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूलाई बोल्नका लागि समय दिएका थिए ।

उनले निर्मला पन्तको हत्याको घटनासँग जोडिए सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने बताएपछि सभामुखले घटनातर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुखले सरकारलाई ध्यानाकर्षण गराएपछि प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि बैठक दश मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =