२४ घण्टा देखी पूर्वी पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

“
पशुपतिनगर, भाद्र २८ । पूर्वी पहाडी जिल्लामा २४ घण्टा देखी विद्युत सेवा बन्द भएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा खराबी भएपछि यहाँका जनताले यो सास्ती व्यहोर्नुृ परेको हो । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवामा अबरुद्ध भएको हो ।
चार दिनअघि इलामको रोङ गाउँपालिकास्थित किटेनीमा गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला अन्धकार भएको छ ।
विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका, उद्योग कलकारखाना मा काम रोकिएको छ । विद्युत् प्राधिकरणले १३२ केभी काबेली करिडोरबाट विद्युत् प्रवाह गरे पनि त्यो लाइनमा पनि हावाहुरीका कारण समस्या पैदा भएका नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताए ।
बिर्तामोड–ताप्लेजुङ ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालनका लागि काम भइरहे पनि पहिरो गएको क्षेत्रमा पोल ठड्याउन समस्या उत्पन्न भएकाले आज बेलुकीसम्ममा काम सक्ने योजना भएको घिमिरेले बताए ।
विद्युत् प्रसारण लाइन काबेली करिडोरमा आएको समस्या अझै सुल्झेको छैन । एकसय बत्तीस केभी काबेली प्रसारण लाइन सञ्चालनका लागि विद्युत् प्राधिकरणका प्राविधिक बिहानैदेखि लागिपरेका छन् ।
“








