भीडलाई लक्षित गरी कार कुदाउँदा ९ जनाको मृत्यु, ४३ जना घाइते

बेइजिङ, भदौ २८ । चीनको हुनान प्रान्तमा एक बुधबार राति कारको ठक्करबाट ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

चीनको हेङयाङ शहरको बिनजियाङ स्क्वायरको भीडलाई लक्षित गरी जानाजान कार हुँइक्याएपछि कारको ठक्करबाट ९ जनाको ज्यान गएको हो भने ४३ जना घाइते भएका हुन् ।

घटनापछि प्रहरीले ५४ वर्षीय याङ जानयुनलाई नियन्त्रणमा लिएको जनाइएको छ । जानयुन यसअघि पनि अवैध लागुऔषध मुद्दामा जेल परिसकेका व्यक्ति हुन् ।

चीनको स्थानीय सञ्चार माध्यमहरुले घटनामा केही व्यक्तिमाथि चक्कु समेत प्रहार भएको जनाएका छन् ।

प्रहरीका अनुसार ती आक्रमणकारी आतंकवादी संस्थासँग संलग्न भएको–नभएको बारे केही खुलाएका छैनन्। यद्यपी ती व्यक्ति आपराधिक पृष्ठभूमिकै रहेको जनाइएको छ । उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =