तल्लो तहको पार्टी एकताका विषयमा नेकपाले आज पनि छलफल गर्ने

काठमाडौँ, भदौ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’संगको सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरे ।

बैठकमा उठेका विषयमाथि थप परामर्श गर्न नेकपाले बिहीबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ । बुधबारको बैठकमा उक्त प्रतिवेदनमाथि छलफल शुरु भएको थियो । बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ । जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *