संविधान दिवस हर्षोल्लासपूर्वक मनाउन सरकारको आग्रह
२०७४ जेठ १५ गते

“काठमाडौँ, भदौ २८ । सरकारले संविधान दिवस एवं राष्ट्रिय दिवस २०७५ लाई भव्य रुपमा मनाउन सबैमा आग्रह गरेको छ । गृह मन्त्रालयले यहि असोज २, ३ र ४ गते संविधान दिवस एवं राष्ट्रिय दिवसलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेको हो ।
सरकारी, गैर सरकारी निकाय, संघसंस्था एवं सर्वसाधारणलाई तीन दिन विभिन्न कार्यक्रम साथ संविधान दिवस मनाई साँझ घरघरमा दिपावली गर्न मन्त्रालयद्वारा जारी सूचनामा आग्रह गरिएको छ ।
नेपालको संविधान २०७२ जारी भएको दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








