अफगान सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए

अफगानिस्तान, १२ साउन । अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन् । तालिबान आतङ्ककारीले अफगान सेनामाथि गरेको आक्रमणको जवाफी कारबाहीको क्रममा कम्तीमा ४५ जना आतङ्ककारी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

सो कारबाहीका क्रममा आतङ्ककारीका सातजना कमाण्डर पनि मारिएका सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नुरिस्तान प्रान्तको वेगाल जिल्लामा सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीले गरेको आक्रमणको क्रममा सुरक्षाबलसँग भएको दोहोरो भिडन्तको क्रममा ४५ आतङ्ककारी मरिनुको साथै अन्य ५० जना घाइते भएका थिए ।

तालिबान आतङ्ककारीको आखडा खोजेर अफगान सेनाले हवाई आक्रमण गर्ने गरेको छ । सो कारबाहीमा पछिल्लो समय कैयौँ तालिबान मारिएका छन् । मन्त्रालयले यस कारबाहीमा सुरक्षा बलतर्फ कुनै हताहत भएको विवरण प्राप्त नभएको बताएको छ । रासस/ सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *