ठाउँ–ठाउँमा तीजको रमझम: ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न इन्दिरा शर्माको सुझाव (भिडियाे सहित)

विराटनगर, २७ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज बुधबार मोरङमा पनि धुमधामका साथ मनाईएको छ । ठाउँ–ठाउँमा तीज बिशेष कार्यक्रम गरेर हर्सोल्लासपूर्वक तीज पर्व मनाईएको हो ।

यसैवीच तीजको अवसर पारेर मोरङको वेलवारी–३ सहकारी टोलमा कल्पेश्वर शिव मन्दिर ब्यवस्थापन समितिले तीज बिशेष धार्मिक साँस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले ब्रत बस्दा आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्न ब्रतालुहरुलाई आग्रह गरेकी छन् ।

आफु स्वस्थ रहेमा मात्र सवै कुरा गर्न सकिने भन्दै शर्माले स्वास्थ्यलाई नै असर पार्ने गरी निरहार ब्रत नबस्न ब्रतालुहरुलाई आग्रह गरिन् । पानीसमेत नखाई ब्रत बस्दा धेरै ब्रतालुहरु बेहोस भएर अस्पताल भर्ना भएको उदाहरण दिदै उनले चिताएको कुरा पाउँन खाली पेट भन्दा पनि स्वच्छ मनको खाँचो औल्याईन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी शर्माले ब्रत बसेको समयमा स्टेजमै पानी खाएर अरु ब्रतालुहरुलाई पनि पानी खान आग्रह गरेकी थिईन् । तीज पर्व भड्किलो बन्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै उनले यसलाई बिकृतिको रुपमा नभई संस्कृतिको संरक्षण गर्ने गरी मनाउँनु पर्नेमा जोड दिईन् ।

कार्यक्रममा मन्दिर ब्यवस्थापन समिति अध्यक्ष सिता सुवेदी, उपाध्यक्ष हर्कराज राई, नेपाल महिला संघकी केन्द्रिय सदस्य भगवती पौडेल, स्थानीय समाजसेवी प्रतापकुमार थापा लगायतले पनि तीजको शुभकामना ब्यक्त गरे । कार्यक्रममा दुई ब्यक्तिलाई सम्मान पनि गरिएको छ ।

अपांगता भएर पनि ज्याला मजदुरी गर्दै आएका स्थानीय कुमार श्रेष्ठ र जेष्ठ नागरिक मनही धिमाललाई शर्माले दोसल्ला ओढाएर सम्मान गरेकी थिईन् । कार्यक्रममा तीज गीतमा सामुहिक नृत्य र नाटक प्रस्तुत गरिएको थियो ।


हेर्नुहोस् भिडियो

 

https://youtu.be/b8V9QBfiKoA”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =