अतुलनीय विशेषताहरु सहित दुई नयाँ चमत्कारी कर्जा योजना एकै साथ

भाद्र २७, काठमाडाैं । नेपालकै सबैभन्दा ठुलो बैंक एन आई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको छ ।

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको हो ।

यस कर्जा योजनाहरु ग्राहक महानुभावहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।

चमत्कारिक सवारी कर्जा
“एन आई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उठाउन सक्नेछन् ।

बैंकले चमत्कारिक कर्जा योजना अन्तर्गत सवारी खरिद गर्नेलाई तुरुन्तै कर्जा स्वीकृति (On the Spot Financing) हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने) योजना ल्याएको हो ।

यो कर्जा अनुसार आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने छ भने, मासिक ब्याजदर ०.९% मात्र कायम गरिएको बैंकले जनाएको छ । यो योजनामा बैंकले प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिएको छ भने, घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था गरेको जनाएको छ ।

चमत्कारिक घर जग्गा कर्जा याेजना

यसैगरी बैंकले “एन आई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ एन आई सी एशिया बैंक ले चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ । जसमा सेवाग्राहीले आफ्नो आम्दानी अनुसार आफैं मासीक किस्ता निर्धारण गर्न सक्नेछन् ।

यो कर्जा अधिकतम ५० वर्षसम्मको हुनेछ । आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने सुविधा समेत रहेको छ । जहाँ मासिक ब्याजदर ०.९% मात्र ब्याजदर कायम गरिएको छ ।

बैंकले दुवै चमत्कारिक कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध छ ।

एन आइ सी एशिया बैंक मुलुकभर २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१८८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५९ अर्ब तथा कर्जा रू. १३२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख भन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =