दुहवीमा श्री गणेश चतुर्थी महोत्सव तयारी पुरा
“
भाद्र २७, दुहवी । सुनसरीको दुहवीमा श्री गणेश चतुर्थी महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा भएको छ । श्री गणेश पुजा समितिको आयोजनामा भाद्र २८ गते विहीवार देखि भाद्र ३१ गते आइतवार सम्म दुहवी नगरपालिकाको नयाँ भवन अगाडी गणेश चतुर्थी महोत्सव २०७५ हुँने जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा दुहवीमा पहिलो पटक हुँन गइरहेको गणेश चतुर्थी महोत्सवमा सम्पूर्ण दुहवीवासीहरु उपस्थित भइदिनकालागि समेत आग्रह गरिएको थियो ।
गणेश चतुर्थी महोत्सवमा गणेश भगवानको ९ फिटको प्रतिमा स्थापना गरि ५१ किलोको लड्डु भोग लगाइने र भजन किर्तन, प्रसाद वितरण आरतीका साथै भक्ती जागरण गरिने वताइएको छ ।
श्री गणेश चतुर्थी महोत्सव समपन्न गर्नकालागि करिव ७ लाख खर्च हुँने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्नका लागि उद्योगी व्यवसायि लगायत स्थासनयवासीहरुबाट सहयोग जुटाइएको श्री गणेश पुजा समितिका राकेश मुन्दडाले जानकारी दिएका छन ।
गणेश चतुर्थी महोत्सव विहीवार दुहवी नगरपालिकाका मेयर दम्पती बाट पुजा गरि सुरु हुँने र आइतवार गणेश भगवानको ९ फिटको प्रतिमा बुढीखोलामा विसर्जन गरिने कार्यक्रम रहेको छ ।
गणेश चतुर्थी हिन्दुहरुको एक प्रमुख पर्व मध्ये मानिन्छ । पुराण अनुसार यहिदिन गणेश भगवानको जन्म भएको हो । यो पर्व नेपाल लगायत भारतमा बडो धुमधामकासाथ मनाउँने गरिन्छ ।
“